प्रधानमन्त्रीको जवाफको माग गर्दै विपक्षीले संसद् अवरुद्ध
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले सोमबार पनि अवरोध कायम राखेका छन्। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए।
नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। उनीहरूको भनाइमा प्रधानमन्त्री आफैं संसद्मा उपस्थित भएर आफ्नो भनाइको जवाफ दिनुपर्छ।
संसद्को अवरोध हटाउने प्रयासस्वरूप सोमबार सर्वदलीय बैठक बसेको थियो। बैठकमा सत्ता पक्षले परराष्ट्रमन्त्री शिशिर खनाल वा रास्वपाका सभापति रवि लामिछानेले सरकारको धारणा राख्ने प्रस्ताव गरेको थियो।
तर विपक्षी दलहरूले उक्त प्रस्ताव स्वीकार गरेनन्। उनीहरूले प्रधानमन्त्री बाहेक अरू कसैले जवाफ दिएर विवाद समाधान नहुने भन्दै प्रधानमन्त्रीले नै संसद्मा बोल्नुपर्ने अडान कायम राखेका छन्। सत्ता र विपक्षीबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठकमा अवरोध जारी रहेको छ।
यसै बिच प्रतिपक्ष दलहरुले वजेटमा करका दल हेरफेदलको बिषयलाई उठान गरेका छन्







