साँगामा पहिरोले अरनिको राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट आवतजावत
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना क्षेत्रमा पर्ने साँगामा पहिरो खसेपछि अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। शनिबारदेखि निरन्तर परिरहेको वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित झोलुङ्गे पुल नजिक ढुंगा र लेदो सहितको पहिरो खसेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार साँझ करिब ५ बजेदेखि स–साना ढुंगा खस्न थालेका थिए। राति करिब ९ बजेदेखि ठूलो मात्रामा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
हाल उक्त स्थानमा एक्स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको खत्रीले जानकारी दिए। साथै, उक्त पहिरोमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर समेत फसेको छ, जसलाई उद्धारका लागि प्रयास भइरहेको छ।
यातायात अवरुद्ध भएपछि भक्तपुर–नाला सडक खण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको छ। प्रहरीका अनुसार वर्षा जारी रहेकाले थप पहिरोको जोखिम कायम छ, जसले सडक सुचारु हुन केही समय लाग्न सक्ने अनुमान गरिएको छ।







