प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद, प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

User Image Prime TV News ३ दिन अगाडि
Image of प्रधानमन्त्रीको अभिव्यक्तिमा विवाद, प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

सुरुमा सभामुखले बैठक १५ मिनेटका लागि रोकेका थिए। तर दलहरूबीच सहमति हुन नसकेपछि सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि सारिएको हो। यो कार्यकालमा सूचना टाँस गरेर बैठक स्थगित गरिएको पहिलो पटक हो।

विपक्षी दलहरूले प्रधानमन्त्रीले “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्तिको प्रमाण सदनमा पेस गर्न वा उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म बैठक चल्न नदिने अडान लिएका छन्।

रास्वपाले भने यस विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिइसकेको र आवश्यक परे परराष्ट्रमन्त्रीले पनि थप जानकारी दिन सक्ने बताएको छ। तर विपक्षी दलहरू त्यसमा सहमत नभएपछि संसद्को बैठक सञ्चालन हुन सकेन।

यसअघि बसेको सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछानेले आफूले सदनमा जवाफ दिन तयार रहेको बताएका थिए। तर विपक्षी दलहरूले उक्त प्रस्ताव स्वीकार नगरेपछि विवाद समाधान हुन सकेन। सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक अब भोलि दिउँसो १ बजे बस्ने तय गरिएको छ।