प्रदेश र स्थानीय तहलाई ४ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी बजेट
Prime TV News २ दिन अगाडि 
काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश र स्थानीय तहलाई अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
यसअन्तर्गत स्थानीय तहले सबैभन्दा बढी ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ प्राप्त गर्नेछन्। प्रदेश सरकारका लागि भने १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ। स्थानीय तहको बजेटमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले १ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ पाउनेछन्।
त्यस्तै महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड रुपैयाँ र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ। संघीय सरकारले प्रदेश र स्थानीय तहमा विकास आयोजना सञ्चालन, आधारभूत सेवा प्रवाह तथा स्थानीय प्रशासनलाई प्रभावकारी बनाउन यो बजेट विनियोजन गरेको जनाएको छ।
विनियोजित रकम सम्बन्धित तहको आवश्यकता र कानुनी व्यवस्थाअनुसार खर्च गरिने अपेक्षा गरिएको छ।







