काठमाडौंमा वर्षा रोकिँदै, मौसममा सुधार
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । राजधानी काठमाडौंमा लगातारको वर्षापछि आइतबार बिहानदेखि मौसममा सुधार आएको छ। शनिबार राति ९ बजेदेखि सुरु भएको वर्षा राति २ बजेदेखि निरन्तर परिरहेको थियो।
तर आइतबार बिहानैदेखि वर्षा रोकिँदा उपत्यकाको मौसममा स्पष्ट सुधार आएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो काठमाडौंमा बादल लागे पनि ठूलो वर्षाको सम्भावना छैन।
विभागले मनसुनी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको जनाएको छ। यसै कारण काठमाडौं उपत्यकामा क्रमशः मौसम खुल्दै जाने अनुमान गरिएको छ। तर मधेस र कोसी प्रदेशका केही स्थानमा भने आज मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ।







