नेप्से २.५७ अंकले बढ्यो, कारोबार ४ अर्ब २९ करोड नाघ्यो

User Image Prime TV News ३ घण्टा अगाडि
Image of नेप्से २.५७ अंकले बढ्यो, कारोबार ४ अर्ब २९ करोड नाघ्यो

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बजार २.५७ अंकले बढेर २,७३६.१७ विन्दुमा बन्द भएको हो।

बजार दिनभर उतारचढावपूर्ण रह्यो। कारोबार सुरु हुँदा नेप्सेमा तीव्र वृद्धि देखिए पनि मध्याह्नपछि केही दबाब आएको थियो। तर अन्त्यमा बजार हरियो संकेतसहित बन्द भएको हो। आज कुल ३५६ कम्पनीको सेयर कारोबार भएको छ।

४९ हजारभन्दा बढी कारोबारमार्फत ९२ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँभन्दा बढी पुगेको छ। समग्र बजारमा १२७ कम्पनीको मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ। बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

उपसमूहगत रूपमा १३ मध्ये ७ उपसमूह बढेका छन् भने ६ उपसमूह घटेका छन्। होटल तथा पर्यटन र हाइड्रोपावर उपसमूहमा सामान्य वृद्धि देखिएको छ। आज तीन वटा हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट लागेको छ। मूल्य बढ्ने प्रमुख कम्पनीहरूमा कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावर रहेका छन्।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत शीर्ष स्थानमा रह्यो। त्यसपछि सप्तकोशी डेभलपमेन्ट बैंक र सिटी होटलको उल्लेखनीय कारोबार भएको छ। विश्लेषकहरूका अनुसार बजारमा लगानीकर्ताको मिश्रित मनोभावका कारण उतारचढाव देखिए पनि समग्रमा सीमित सुधार भएको छ।