परराष्ट्रमन्त्रीको सम्बोधनप्रति श्रम संस्कृति पार्टीको विरोध

User Image Prime TV News एक घण्टा अगाडि
Image of परराष्ट्रमन्त्रीको सम्बोधनप्रति श्रम संस्कृति पार्टीको विरोध

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएका प्रतिपक्षी दलहरू केही लचक बनेपछि संसद बैठक सुचारु भएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा स्पष्ट पार्न परराष्ट्रमन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने भएपछि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक सञ्चालनमा आएको हो। सभामुख डोलप्रसाद अर्याल ले परराष्ट्रमन्त्री खनाललाई बोल्न समय दिएका छन्। तर खनालले प्रधानमन्त्रीको तर्फबाट औपचारिक जवाफ दिन लागेको भन्ने घोषणा गरिएको छैन।

यसबीच श्रम संस्कृति पार्टीका सांसदहरूले भने असहमति जनाउँदै सदनमा उठेर विरोध जारी राखेका छन्। उनीहरूको माग प्रधानमन्त्री स्वयंले नै विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने रहेको छ।

अन्य प्रतिपक्षी दलहरू भने आफ्नो अडान कायम राख्दै परराष्ट्रमन्त्रीको सम्बोधन सुनेका थिए । प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग पनि विपक्षी दलहरूले यथावत राखेका छन्।

प्रधानमन्त्रीले यसअघि “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि संसदमा विवाद उत्पन्न भएको थियो। सोही विषयलाई लिएर पछिल्ला दिनहरूमा संसद बैठक प्रभावित हुँदै आएको थियो।