परराष्ट्रमन्त्रीको जवाफपछि फेरि संसद अवरुद्ध
Prime TV News ३ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि अवरोध गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा सम्बन्धी विषयमा दिएको विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा स्पष्ट पारेलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने र विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै आएका छन्।
सोही माग पूरा नभएको भन्दै उनीहरूले पुनः बैठक अवरुद्ध गरेका हुन्। अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे लाई रोष्ट्रम प्रयोग गरेर धारणा राख्न समय दिएका छन्।
आङ्देम्बेले आफ्नो भनाइ राखिरहँदा विपक्षी दलका सांसदहरू भने बसेर सुनिरहेका छन्। संसदमा देखिएको गतिरोध अन्त्यका लागि दलहरूबीच थप छलफल जारी रहने अपेक्षा गरिएको छ।







