हर्क साम्पाङले भने– देशको सीमा गुम्न लाग्दा विरोधको सीमाको कुरा गर्ने लेन्डुप त होइनौँ ?

User Image Prime TV News एक महिना अगाडि
Image of हर्क साम्पाङले भने– देशको सीमा गुम्न लाग्दा विरोधको सीमाको कुरा गर्ने लेन्डुप त होइनौँ ?

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले देशको सीमा सम्बन्धी विषयमा विरोध जनाउँदा विरोधको सीमा देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले देशको सीमा गुम्ने अवस्था सिर्जना हुँदा त्यसविरुद्ध उठाइने आवाजलाई सीमित गर्न खोजिएको आरोप लगाए। उनले प्रधानमन्त्रीको विरोध गर्दा “विरोधको सीमा” को कुरा उठाउनेहरूलाई लक्षित गर्दै प्रश्नसमेत गरेका छन्।

उनले भनेका छन्, 'देशको सिमा गुमाउन खोज्ने प्रधानमन्त्रीको विरोध गर्दा विरोधको सीमा देखाउने तिमी को हौ ? देशको सीमा गुम्न लाग्दा विरोधको सीमाको कुरा गर्ने लेन्डुप त होइनौँ ?' बुधबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका थिए। अन्य विपक्षी दलहरूले भने सदन अवरोध नगरेको बताइएको छ। सो क्रममा सभामुख डिपी अर्यालले विरोधका पनि निश्चित सीमा हुने टिप्पणी गरेका थिए।

साम्पाङको पछिल्लो अभिव्यक्ति सभामुखको उक्त टिप्पणीप्रति लक्षित भएको अनुमान गरिएको छ। उनले आफ्नो टिप्पणीमा “लेन्डुप” शब्द प्रयोग गरेका छन्, जसलाई राजनीतिक सन्दर्भमा राष्ट्रिय हितविपरीत भूमिका खेल्ने व्यक्तिको प्रतीकात्मक रूपमा व्याख्या गरिने गरिन्छ।