आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधिसभामा औपचारिक छलफल सुरु भएको छ।
लामो समयदेखि विभिन्न कारणले प्रभावित हुँदै आएको बैठक आज पनि केहीबेर प्रतिपक्षी दलहरूको अवरोधपछि सुचारु भएको हो। प्रतिनिधिसभाको बैठकमा सुरुवातमै अवरोध भएपछि कार्यसूची अघि बढ्न सकेको थिएन।
अवरोधपछि सभामुखले प्रतिपक्षी दलहरूलाई समय उपलब्ध गराएपछि दलीय आधारमा बजेटमाथिको छलफल सुरु गरिएको हो। छलफलका क्रममा सदनको वातावरण केही समय अवरुद्ध भए पनि पछि सामान्य बनेको संसद् सचिवालयले जनाएको छ।
बजेटमाथिको छलफलमा विभिन्न दलका सांसदहरूले आ–आफ्ना धारणा राख्ने क्रम सुरु भएको छ। यसअघि प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएको अभिव्यक्तिका कारण सदन केही समय प्रभावित भएको थियो।







