हर्क साम्पाङको आरोप: बजेटले जनताको समस्या समाधान गरेन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले जनताको वास्तविक समस्या समाधान नगरेको बताएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सरकारले बनाएको बजेट समस्या समाधानतर्फ केन्द्रित नभएको भन्दै आलोचना गरे। उनले देशको अवस्थालाई खुट्टामा लागेको घाउसँग तुलना गर्दै सरकारले घाउ निको पार्नुभन्दा नयाँ जुत्ता किन्ने जस्तो काम गरेको टिप्पणी गरे।
साम्पाङका अनुसार सरकारले महँगी नियन्त्रण, पेट्रोलियम पदार्थको मूल्य घटाउने र जनताको दैनिकी सुधार गर्ने विषयलाई बजेटमा प्राथमिकतामा राखेको छैन। उनले पेट्रोलियम पदार्थ नेपालमा धेरै महँगो भए पनि त्यसलाई घटाउने स्पष्ट योजना नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले बजेट कागजमा राम्रो देखिए पनि व्यवहारमा जनताको जीवन सुधार्ने गरी नआएको दाबी गरे।







