अमेरिकाका १८ सैन्य अड्डा ध्वस्त पारेको इरानको दाबी, स्वतन्त्र पुष्टि हुन बाँकी
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । इरानको रिभोलुसनरी गार्डले (आईआरजीसी) ले अमेरिकाका १८ वटा प्रमुख सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। इरानले उक्त आक्रमणलाई अमेरिकी कारबाहीको जवाफका रूपमा व्याख्या गरेको छ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जारी गरिएको वक्तव्यमा आईआरजीसीले आफ्नो एयरोस्पेस फोर्स र नौसैनिक इकाइहरूले संयुक्त रूपमा आक्रमण सञ्चालन गरेको जनाएको छ। वक्तव्यमा अली अल सलेम (कुवेत), अहमद अल जाबेर (कुवेत) र शेख इसा एयर बेस (बहराइन) मा रहेका अमेरिकाका १८ महत्त्वपूर्ण सैन्य अड्डामा आक्रमण गरी ध्वस्त पारिएको छ।’
लगायत क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाइएको उल्लेख गरिएको छ। इरानले ती अड्डाहरू ध्वस्त पारिएको दाबी गरे पनि उक्त दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। अमेरिकी वा सम्बन्धित खाडी राष्ट्रहरूले पनि तत्कालै इरानको दाबीको पुष्टि गरेका छैनन्।
यसबीच कुवेत का जनरल स्टाफले देशको वायु रक्षा प्रणाली सक्रिय रहेको र सम्भावित हवाई खतराको सामना गरिरहेको जनाएको छ। कुवेती सेनाले नागरिकहरूलाई सुरक्षा निकायका निर्देशन पालना गर्न र आधिकारिक स्रोतबाट प्राप्त सूचनामाथि मात्र विश्वास गर्न आग्रह गरेको छ।
घटनापछि कुवेतले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मध्यपूर्वमा बढ्दो तनावका बीच आएको यो घटनाले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ।







