सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, सुन तोलाको २ लाख ९२ हजार रुपैयाँ पुग्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि, सुन तोलाको २ लाख ९२ हजार रुपैयाँ पुग्यो

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला १९० रुपैयाँले बढेको छ।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँ कायम गरिएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य प्रतितोला ४ हजार ६५० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ। हालको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको व्यवसायीहरूले बताएका छन्।