गाजामा रहेका बन्धकहरूको चाँडै रिहाइ हुने इजरायली प्रधानमन्त्रीको विश्वास

User Image Prime TV News १४ घण्टा अगाडि
Image of गाजामा रहेका बन्धकहरूको चाँडै रिहाइ हुने इजरायली प्रधानमन्त्रीको विश्वास

काठमाडौ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा रहेका बन्धकहरूको चाँडै रिहाइ हुने आशा व्यक्त गरेका छन्। एक टेलिभिजन वक्तव्यमा उनले हमासलाई निशस्त्र गरिने उल्लेख गरेका छन् ।

सजिलो तरिका होसा वा कठिन जुनसुकै तरिकाले भएपनि गाजालाई निशस्त्रीकरण गरिने उनले प्रष्ट पारेकाछन । हमासले अमेरिकी शान्ति योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न सहमती जनाएपनि नेतान्याहूले यस्तो बताएकाहुन ।

इजरायलले नरसंहार जारी राखेको हमासको आरोप छ । सोमबार इजिप्टमा दलहरू बीचको अप्रत्यक्ष युद्धविराम वार्ता सुरु हुने तय भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता पूरा गर्न हमासबाट “ढिलाइ सहन नसक्ने“ चेतावनी दिएका छन् ।