पार्टीका कार्यकतालाई राहत तथा पुनःस्थापनाको काममा तत्काल सक्रिय हुन प्रचण्डको निर्देशन
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक विपदाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपदको घडीमा सबै नागरिकलाई उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
साथै, पार्टीका सबै तहका संरचनालाई उद्धार, राहत तथा पुनःस्थापनाको काममा तत्काल सक्रिय हुन निर्देशन दिँदै उनले सबै तहका पार्टी कार्यालयहरूमा सहायता कक्ष स्थापना गरी पीडितहरूसम्म शीघ्र सहायता पुर्याउन आह्वान गरेका छन् ।







