पर्सामा १०० किलो गाँजा फेला
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पर्साको जगरनाथपुर गाउँपालिका–३ मुरैयाचोकमा प्रहरीले १०० किलो गाँजा बरामद गरेको छ। आइतबार प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खेतमा लुकाएर राखिएको पाँच बोरा गाँजा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतले बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रहरीका अनुसार गाँजा कसले राखेको हो भन्ने अझै खुलेको छैन। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ।
प्रहरीले लागुऔषध सम्बन्धी गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।







