अरनिको राजमार्ग र चरिकोट–काठमाडौं सडक सञ्चालनमा, साना पहिरो हटाइए


काठमाडौ । पहिरोका कारण अवरुद्ध बनेका अरनिको राजमार्ग र दोलखा चरिकोट–काठमाडौं सडक खण्ड फेरि सञ्चालनमा आएका छन्। केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि शनिबार बिहानैदेखि यातायात पूर्णरूपमा ठप्प भएको थियो।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा खसेका साना पहिरो हटाइएपछि अहिले दुबैतर्फ गाडीको आवागमन सुचारु भएको हो। धुलिखेल–खावा र पकुचाल लगायतका क्षेत्रमा खसेको पहिरोले अरनिको राजमार्गमा ठूला गाडीहरु चल्न सकेका थिएनन्। बाढी तथा पहिरोका कारण यात्रु तथा स्थानीयवासीलाई निकै कठिनाइ भएको थियो।
हाल दोलखा, सिन्धुपाल्चोक र काभ्रेलगायत जिल्लाबाट काठमाडौं आवतजावत गर्ने सवारीसाधन पुनः चल्न थालेका छन्।