बाढी पहिरोका कारण ४३ जनाको मृत्यु, ५ जना बेपत्ता


काठमाडौ । हालैको निरन्तर वर्षाका कारण देशभर मानविय क्षति बढ्दो क्रममा छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार, पहिरोमा परि अहिलेसम्म ४३ जनाको ज्यान गइसकेको छ भने ५ जना अझै बेपत्ता छन्।
मृतकमध्ये सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको ज्यान गएको छ। पाँचथरमा १ जना, खोटाङमा १ जना, उदयपुरमा १ जना र रौतहटमा ३ जनाको मृत्यु भएको हो। बेपत्तामध्ये ४ जना खोटाङको खोलाले बगाएर बेपत्ता भएका छन् । एक जना इलामको पहिरोमा परेर बेपत्ता भएका छन् ।
घाइतेको संख्या १२ जना पुगेको छ। इलाममा ४, पाँचथरमा १, भोजपुरमा ३, खोटाङमा ३ र मकवानपुरमा १ जना घाइते भएका छन्। अधिकांश घाइते पहिरो तथा चट्याङको कारण भएका हुन्।यसैबीच, इलामको माईडुब्बा क्षेत्रमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।