वर्षाका कारण अवरुद्ध भएका सडकहरू एकतर्फी रुपमा खुला गर्ने

User Image Prime TV News १० घण्टा अगाडि
Image of वर्षाका कारण अवरुद्ध भएका सडकहरू एकतर्फी रुपमा खुला गर्ने

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले अविरल वर्षाका कारण अवरुद्ध भएका सडकहरू एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको छ। पहिरो पन्छाएर सडक सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा उक्त जिल्लातर्फ जाने आवागमनलाई एकतर्फी रुपमा सञ्चालन गरिने भएको हो।

प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाका अनुसार मौसममा क्रमिक सुधार देखिएको र सडकमा यात्रुको चाप बढेको कारणले गर्दा सवारी आवागमनलाई सहज बनाउन एकतर्फी सञ्चालनको निर्णय गरिएको हो। सडकमा खटिएका सुरक्षाकर्मी र ट्राफिकका निर्देशानुसार सवारी चालकहरूले सावधानी अपनाउन प्रशासनको अनुरोध गरेको छ।

दुई दिनदेखि परेको लगातार वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी, नुवाकोटतर्फ जाने र दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी पूर्णरुपमा बन्द थिए। अब पहिरो हटाउने काम पूरा भएसँगै यी मार्गहरूमा आवागमन एकतर्फी रुपमा खुला गरिएको छ।