विश्वकपमा मेस्सीको ऐतिहासिक ह्याट्रिक, सर्वाधिक गोलको कीर्तिमान बराबरी
Prime TV News ७ घण्टा अगाडि 
काठमाडौ । फिफा विश्वकप २०२६ मा लियोनल मेस्सीले अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा उनले ह्याट्रिक गर्दै नयाँ कीर्तिमान बराबरी गरेका हुन्।
अमेरिकाको कान्सास सिटीमा भएको खेलमा अर्जेन्टिनाले अल्जेरिया विरुद्ध प्रभावशाली प्रदर्शन गर्यो। मेस्सीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गरे।
यो प्रदर्शनसँगै मेस्सीको विश्वकप इतिहासमा गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको विश्वकपमा सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन्।
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका मेस्सीले अब अर्को गोल गरेमा विश्वकप इतिहासकै एकल सर्वाधिक गोलकर्ता बन्ने सम्भावना बलियो बनेको छ।







