अवरुद्ध बीपी राजमार्ग यथाशक्य चाँडो सञ्चालन गरिने

User Image Prime TV News १० घण्टा अगाडि
Image of अवरुद्ध बीपी राजमार्ग यथाशक्य चाँडो सञ्चालन गरिने

काठमाडौ । अविरल वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्गको भकुण्डेवेसी–नेपालथोक खण्ड छिटै सुचारु गरिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री कुलमान घिसिङले तीनदेखि चार दिनभित्रमा उक्त सडक सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री घिसिङले अवरुद्ध सडकहरूमा क्षति मर्मतका काम तीव्र गतिमा अगाडि बढाइएको उल्लेख गरे । विशेषगरी भकुण्डेवेसी–नेपालथोक खण्डमा अवरोध हटाउने र वैकल्पिक मार्ग निर्माण गर्ने कामहरु सुरु भइसकेका छन्।

मन्त्री घिसिङले भने, “सडक छिटो सुचारु गर्न आवश्यक उपकरणहरु पनि स्थानान्तरण गरी कार्य भइरहेको छ। काम सकेसम्म निर्धारित समयभन्दा चाँडो सम्पन्न गर्ने प्रयासमा छौं। यसबीचमा यात्रुले वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गर्दछौं।”

सरकारले मेची राजमार्ग पनि छिटो सञ्चालनमा ल्याउने योजना बनाएको बताइएको छ।