महाधिवेशन तयारीका लागि रास्वपाले बोलायो सचिवालय बैठक

User Image Prime TV News २ घण्टा अगाडि
Image of महाधिवेशन तयारीका लागि रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक बिहीबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार बैठकमा आगामी महाधिवेशनको तयारी, पार्टी विधान संशोधन, महाधिवेशन कार्यविधि तथा संगठनात्मक व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गरिनेछ।

पार्टीले प्रथम महाधिवेशनको तयारीलाई तीव्र बनाइरहेका बेला सचिवालय बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ। महाधिवेशनसँग सम्बन्धित नीतिगत तथा व्यवस्थापकीय विषयमा आवश्यक निर्णय लिन बैठक आह्वान गरिएको बताइएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। पार्टी गठन भएको चार वर्ष पूरा भएको अवसरमा हुन लागेको महाधिवेशनबाट नयाँ नेतृत्व, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

रास्वपाले महाधिवेशनको तयारीका लागि पार्टीले यसअघि मूल आयोजक समिति सहित विभिन्न उपसमितिहरू गठन गरिसकेको छ भने देशभरबाट प्रतिनिधि छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाएको छ।