प्रधानमन्त्री मोदीद्वारा नेपालका बाढी पहिरो प्रभावितका लागि सहायता प्रतिबद्धता

User Image Prime TV News ९ घण्टा अगाडि
Image of प्रधानमन्त्री मोदीद्वारा नेपालका बाढी पहिरो प्रभावितका लागि सहायता प्रतिबद्धता

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको विनाशकारी बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक सहयोग गर्न भारत सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो पोस्टमार्फत अविरल वर्षाका कारण नेपालमा परेको जनधनको क्षतिलाई अत्यन्त दुःखद र चिन्ताजनक भएको उल्लेख गर्दै, भारतले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग कडा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

उनले भारतले मैत्रीपूर्ण छिमेकीको हैसियतले नेपाललाई आवश्यक सहयोग तुरुन्त उपलब्ध गराउने पनि स्पष्ट पारेका छन्। नेपालका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ भने सबैभन्दा धेरै ज्यान गुमाउने जिल्ला इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। क्षतिग्रस्त क्षेत्रहरूमा उद्धार र राहत कार्य जारी छ।