राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

User Image Prime TV News एक घण्टा अगाडि
Image of राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न बैठक बोलाइएको हो। राप्रपाका अनुसार बैठक आज दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार ५ र ६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्ने जानकारी दिए।

केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन विस्तार, आगामी कार्यक्रम तथा अन्य महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। कार्यसम्पादन समितिले ती विषयलाई अन्तिम रूप दिएर केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नेछ।