प्रतिनिधिसभामा विपक्षीको विरोध जारी, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति

User Image Prime TV News ३ घण्टा अगाडि
Image of प्रतिनिधिसभामा विपक्षीको विरोध जारी, प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले आफ्नो विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।

बिहीबार बैठक सुरु हुनासाथ सभामुख डीपी अर्यालले कार्यसूची अघि बढाउन खोज्दा विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। विपक्षी दलहरूले गत जेठ १७ गते प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतीय भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र संसद मार्फत माफी माग्नुपर्ने माग गर्दै आएका छन्।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग सम्बन्धित विषयमा भ्रम सिर्जना गरेको टिप्पणी गर्दै आएका छन् । त्यसैले प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने विपक्षीको अडान छ।