संसदमा सांसद मल्लको चेतावनी: प्रतिपक्षको भूमिका कमजोर नठान्न आग्रह
Prime TV News ४ घण्टा अगाडि 
काठमाडौ । नेकपाका सांसद रमेश मल्लले संसदमा प्रतिपक्षले खेलिरहेको भूमिकालाई कमजोरीका रूपमा नलिन सरकारलाई चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको हालैको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै त्यस विषयमा प्रतिपक्षले उठाएको आवाजलाई बेवास्ता गर्न नहुने बताएका हुन्।
सांसद मल्लले प्रधानमन्त्री कार्यालयमा बोलाएर बयान लिने वा पक्राउजस्तो प्रक्रिया अपनाइएको भन्ने विषयप्रति पनि आपत्ति जनाए। उनका अनुसार प्रधानमन्त्री कार्यालय त्यस्ता कार्य गर्ने स्थान होइन र यस प्रकारका गतिविधिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउने खतरा हुन्छ।
उनले सभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै यदि संवैधानिक आयोगका पदाधिकारीलाई जबरजस्ती थुनछेक गरिएको हो भने त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे। मल्लले यस्ता घटनाले लोकतन्त्र र संविधानको मर्ममाथि असर पार्न सक्ने भन्दै सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।







