मनाङ १ (ख) प्रदेशसभा उपनिर्वाचन स्थगित

User Image Prime TV News ४ घण्टा अगाडि
Image of मनाङ १ (ख) प्रदेशसभा उपनिर्वाचन स्थगित

काठमाडौ । आगामी कात्तिक १७ गतेका लागि निर्धारित मनाङ १ () प्रदेशसभा सदस्य पदको उपनिर्वाचन स्थगित गरिएको छ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्का सदस्यहरुसँगको छलफलपछि उपनिर्वाचन स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।

आयोगका अनुसार अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा निर्वाचन आयुक्तहरू डा. सगुन समशेर जबरा र डा. जानकी तुलाधर सहभागी छलफलपछि निर्वाचन स्थगित गर्ने निर्णय लिइएको हो।

यस क्षेत्रबाट निर्वाचित दीपक मनाङ्गे (राजिव गुरुङ) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि पद रिक्त बनेको थियो। सोही कारण उपनिर्वाचनको तयारी भइरहेका बेला गत भदौ २३ गते भएको आन्दोलन तथा त्यसपछि उत्पन्न घटनाक्रमका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको आयोगले जनाएको छ।

आयोगले उपनिर्वाचनको नयाँ मिति तय गरी छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।