नेपालमा बाढीपहिरोबाट ५३ जनाको मृत्यु, सबैभन्दा धेरै इलाममा


काठमाडौ । अविरल वर्षा पछि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ। नेपाल प्रहरीले आइतबार साँझसम्म संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा कोशी प्रदेशमा मृत्यु हुनेको संख्या वढी छ ।
इलाम जिल्लामात्र ३७ जनाको मृत्यु पुष्टि भएको छ। त्यस्तै, पाँचथरमा ८, उदयपुर र खोटाङमा २–२ जना रौतहटमा ३ जनाले ज्यान गुमाएका छन्। मृतकको संख्या अझै बढ्ने सम्भावना रहेको प्रहरीले जनाएको छ, किनभने विभिन्न जिल्लाबाट क्षतिको विवरण संकलन गर्ने कार्य जारी छ।
गत शुक्रबार र शनिबार निरन्तर परेको वर्षाले नदी तथा खोलाहरूमा पानीको बहाव असामान्य रूपमा बढाएको थियो। यसका कारण पहाडी जिल्लामा ठूला पहिरो खस्दा घरहरू पुरिएका छन् भने तराईका केही क्षेत्रमा बाढीले बस्ती डुबानमा परेका छन्।
बाढीपहिरोका कारण ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ। सडक तथा पुलहरू अवरुद्ध हुँदा उद्धार र राहत वितरण कार्यमा चुनौती थपिएको छ। सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रहरूमा परिचालन गरिएका छन्।