लगातार वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा


काठमाडौ । दुई दिन लगातार परेको अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन चितवनका अनुसार बिहान ६ बजेदेखि उक्त सडकखण्डमा सवारी आवागमन सहज बनेको हो।
सडक डिभिजनले सडक सञ्चालन भए पनि पहिरोको जोखिम अझै कायम रहेको जनाउँदै यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। पहिरो सम्भावित क्षेत्रहरूमा नजिकबाट यात्रा गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।
गत शुक्रबार र शनिबारको अविरल वर्षापछि पहिरोको उच्च जोखिम देखिएकाले सार्वजनिक तथा निजी सवारीसाधनको आवतजावत रोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनकाका अनुसार सडक खुल्नासाथ रोकिएका सवारीसाधन गन्तव्यतर्फ गएका छन्। जिल्लाका १४ स्थानमा रोकिन बाध्य भएका लामो तथा छोटो दूरीका सवारीसाधन अहिले आफ्नो यात्रामा निस्किएका छन्।