देशभर मनसुनी वायु सक्रिय, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

User Image Prime TV News ५ घण्टा अगाडि
Image of देशभर मनसुनी वायु सक्रिय, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले अधिकांश स्थानमा आकाश बदली र विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ।

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही भागहरूमा पनि यस्तै प्रकारको वर्षा हुन सक्ने अनुमान गरिएको छ।