प्रधानमन्त्री कार्कीको समवेदना: विपद प्रभावित क्षेत्रलाई राहत वितरण जारी
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । भारी वर्षाका कारण पूर्वी नेपालको इलामसहित विभिन्न स्थानमा आएको बाढी–पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको छ। यस विपत्तिप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकी छन् । उनले राहत तथा उद्धार कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासीप्रति उच्च कदर व्यक्त गर्दै सहयोगका लागि धन्यवाद पनि दिएकी छन्।
गत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण इलाम, झापा, धनकुटालगायतका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा बाढी र पहिरोका घटना भएका छन् ।







