रास्वपाले सपना मात्र होइन, परिणाम पनि दिन्छ : स्वर्णिम वाग्ले
Prime TV News २ महिना अगाडि 
चितवन । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी सपना देखाउन मात्र नभई परिणाम दिन सक्ने राजनीतिक शक्ति भएको बताएका छन्।
आइतबार भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति समेत रहेका डा. वाग्लेले पार्टीले जनतासँग गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने लक्ष्यका साथ काम गरिरहेको बताए।
उनले युवापुस्ताले अवसरको खोजीमा विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपालमै रोजगारी, उद्यमशीलता र अवसर सिर्जना गर्न रास्वपा प्रतिबद्ध रहेको धारणा राखे। डा. वाग्लेले देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि नयाँ सोच, सुशासन र प्रभावकारी कार्यसम्पादन आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले त्यसै दिशामा आफ्नो राजनीतिक अभियान अघि बढाइरहेको बताए।







