नेकपाका नेता पुनको सुझाव : ‘थिति बसाउने काम संविधान र विधिभित्रै हुनुपर्छ’

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपाका नेता पुनको सुझाव : ‘थिति बसाउने काम संविधान र विधिभित्रै हुनुपर्छ’

चितवन । नेकपाका नेता बर्षमान पुनले सुशासन र थिति बसाउने अभियान अघि बढाउँदा सबै काम संविधान र विधिभित्र रहेर मात्र गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकार र राजनीतिक दलहरूलाई संवैधानिक सीमाभित्र रहेर सुधारका कदम चाल्न आग्रह गरे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका एजेन्डामा आफ्नो दल र रास्वपाबीच समान धारणा रहेको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए।

‘थिति बसाउने चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान पुग्नेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने। नेता पुनले विगतमा पनि सुशासनको एजेन्डालाई विभिन्न तहबाट अघि बढाइएको दाबी गर्दै त्यस विषयमा राजनीतिक दलहरूबीच निरन्तर सहकार्य भएको बताए।

‘सुशासनको एजेन्डामा हामीबीच समानता छ,’ उनले भने, ‘हामीले विगतमा सरकारमा रहँदा र बाहिर रहँदा पनि यसमा सहकार्य गरेका थियौँ।’ उनले सुशासन, पारदर्शिता र राज्य सञ्चालनमा सुधार ल्याउने अभियानमा आफ्नो दलको समर्थन रहने प्रतिबद्धता समेत व्यक्त गरे।