सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो।
महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ कायम भएको छ। यसअघि असार ७ गते छापावाल सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको देखिएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ७३० रुपैयाँ पुगेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ५५ रुपैयाँ कायम गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुन र चाँदीको भाउ निर्धारण गर्दै आएको छ।







