नेप्से परिसूचक सामान्य घट्यो, २७०० विन्दुमा कारोबार बन्द
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन नेपाली सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। नेपाल स्टक (नेप्से) परिसूचक आज १.४६ अंकले घट्दै २७००.६५ विन्दुमा पुगेको हो।
आजको कारोबारमा १४३ कम्पनीका सेयर मूल्य घटेका छन् भने ११६ कम्पनीका सेयर मूल्य बढेका छन्। त्यस्तै १४ कम्पनीका सेयर मूल्य स्थिर रहेको बजार तथ्यांकले देखाएको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले घट्दै ४६३.८० विन्दुमा झरेको छ। १३ उपसूचकमध्ये १० उपसूचक घटेका छन् भने ३ उपसूचक मात्र बढेका छन्।
कारोबार रकम भने उल्लेख्य रहँदै ४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। कुल ३५३ कम्पनीका ८१ लाख ३८ हजार ४३३ कित्ता सेयर ९० हजार ८६२ पटक खरिद–बिक्री हुँदा ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
आजको बजारमा दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर उच्च वृद्धि पनि देखिएको छ। समग्रमा बजार सूचक हल्का घटे पनि कारोबार गतिविधि भने सक्रिय रहेको देखिन्छ।







