रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनमा प्रतिनिधि संख्या अपेक्षाभन्दा बढी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनको भरतपुरमा जारी प्रथम महाधिवेशनमा प्रतिनिधिको संख्या अपेक्षाभन्दा धेरै पुगेको छ।

पार्टीका सांसद तथा नेता मनिष झा का अनुसार सुरुमा करिब ३ हजार प्रतिनिधि हुने अनुमान गरिएको थियो। तर हालसम्म ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेका छन्। झाका अनुसार यो संख्या अझै बढेर करिब ४ हजार ५ सयसम्म पुग्न सक्ने देखिएको छ।

उनले विशेषगरी प्रवासबाट अपेक्षाभन्दा करिब चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता भएको पनि जानकारी दिएका छन्। महाधिवेशन भरतपुर, चितवन मा जारी छ, जहाँ प्रतिनिधिहरूको बढ्दो उपस्थितिले व्यवस्थापन र संगठनात्मक तयारीलाई थप चुनौतीपूर्ण बनाएको बताइएको छ।