रास्वपा महाधिवेशनको बन्दसत्र आजका लागि स्थगित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनको बन्दसत्र आजका लागि स्थगित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको बन्दसत्र स्थगित गरिएको छ।

महाधिवेशन प्रतिनिधिको संख्या थपघट तथा मधेश प्रदेशतर्फ देखिएको प्रतिनिधि सम्बन्धी विवादका कारण बन्दसत्र सुरु हुन नसकेको पार्टी स्रोतले जनाएको छ। स्रोतका अनुसार आजका सबै कार्यसूची स्थगित गर्दै विवादित विषयहरू समाधान गर्ने तयारी गरिएको छ।

प्रतिनिधि व्यवस्थापन र नामावली टुंग्याउने काम सकिएपछि मात्र बन्दसत्र अघि बढाइने बताइएको छ। बन्दसत्रमा सहभागी हुन प्रतिनिधिहरू बिहानैदेखि हलमा उपस्थित भए पनि दिनभर प्रतीक्षामा बसेपछि अन्ततः कार्यक्रम स्थगित भएको हो। चितवनमा जारी महाधिवेशनमा प्रतिनिधि व्यवस्थापन र आन्तरिक समन्वयमै समस्या देखिएपछि कार्यतालिका प्रभावित हुँदै आएको छ।