हालान्डको गोलमा म्यानचेस्टर सिटी विजयी
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । इङ्लीस प्रिमियर लिगमा एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलअन्तरले हराएको छ । यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे।
सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो। हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। दोस्रो हाफमा ब्रेन्टफोर्डले बराबरी गर्न खोजे पनि सिटीको मजबुत रक्षापंक्तिले सफल हुन दिएन।
पहिलो हाफमा रोड्री घाइते भए पनि सिटी ३ अंक सुरक्षित गर्न सफल भयो। यो जितपछि सिटी १३ अंकका साथ तालिकाको पाँचौँ स्थानमा पुगेको छ। सिटी शीर्षमा रहेको आर्सनलभन्दा ३ अंकले मात्र पछाडि छ। ब्रेन्टफोर्ड १६औँ स्थानमा छ।
अन्य खेलमा एभर्टनले क्रिस्टल प्यालेसलाई २–१ ले र न्युक्यासलले नटिङघम फरेस्टलाई २–० ले हरायो।







