सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा १ हजार ६०० रुपैयाँ सस्तो
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो। महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १४० रुपैयाँले सस्तो भई ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।







