वर्षाका कारण कोशी बराजको पानीको बहाव उच्च

User Image Prime TV News ११ महिना अगाडि
Image of वर्षाका कारण कोशी बराजको पानीको बहाव उच्च

काठमाडौ । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण कोशी बराजको पानीको बहाव उच्च भएको छ। आइतबार साँझ ६ बजे गरिएको मापनअनुसार पाँच लाख ३० हजार ९५ क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

पानीको बहाव उच्च भएपछि कोसी बराजका ५६ वटै ढोका खोलिएको उनले बताए। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरूप रातो बत्ती बाली रातो झण्डासमेत फहराइएको छ। यसैगरी कोसी ब्यारेज वरिपरि सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ।

यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संशाधन विभागको टोलीले कोसी बराजको निरीक्षण गरेको छ। (रासस)