रास्वपा महाधिवेशनको बन्दसत्र सुरु, बालेन अनुपस्थित

User Image Prime TV News ४ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनको बन्दसत्र सुरु, बालेन अनुपस्थित

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ।

बन्दसत्र हिजो नै सुरु गर्ने कार्यक्रम भए पनि प्राविधिक कारण देखाउँदै एक दिन ढिला गरी आज मात्र प्रारम्भ गरिएको हो। बन्दसत्रमा पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू उपस्थित भइसकेका छन्। बन्दसत्रमा प्रतिवेदन प्रस्तुत, छलफल तथा संगठनात्मक विषयमा निर्णय प्रक्रिया अघि बढ्ने बताइएको छ।

तर रास्वपाका वरिष्ठ नेता बालेन शाह भने बन्दसत्रमा उपस्थित भएका छैनन्। महाधिवेशन प्रतिनिधि छनोटदेखि बन्दसत्र सुरु हुने समयसम्म देखिएका केही प्राविधिक तथा संगठनात्मक कारणले कार्यक्रम एक दिन पछि सरेको पार्टीले जनाएको छ।