विष्णु पौडेलको पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइको माग
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउलाई गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निष्कर्ष निकालेको हो। बैठकपछि एमाले स्रोतले पार्टीले पक्राउ प्रक्रियालाई गैरन्यायिक ठहर गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय गरेको जानकारी दिएको छ।
उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको जनाइएको छ। एमालेले घटनाबारे थप कानुनी र राजनीतिक परामर्श गरी आगामी कदम तय गर्ने जनाएको छ। पार्टीले पक्राउ प्रक्रियामा कानुनी मापदण्ड र न्यायिक सिद्धान्त पालना हुनुपर्नेमा जोड दिएको छ।
पौडेलको पक्राउपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आइरहेका छन् भने यस विषयले थप चर्चा पाएको छ।







