दसैँ बिदापछि पनि सेयर बजार आज बन्द, मंगलबारबाट मात्रै कारोबार सुरु हुने

User Image Prime TV News ११ महिना अगाडि
Image of दसैँ बिदापछि पनि सेयर बजार आज बन्द, मंगलबारबाट मात्रै कारोबार सुरु हुने

काठमाडौ । दसैँ बिदाको क्रममा केही दिन बन्द रहेको सेयर बजार ९नेपाल स्टक एक्सचेञ्ज ( नेप्से ) आज सोमबार पनि बन्द नै रहने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा कटौती गर्दै सबै सरकारी तथा निजी कार्यालय सञ्चालन गर्न निर्देशन दिएको भए पनि नेप्सेले भने आज कारोबार नगर्ने निर्णय गरेको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार दोस्रो बजारमा कुनै कारोबार सञ्चालन हुने छैन । नियमित सेयर कारोबार अब मंगलबार मात्रै सुरु हुनेछ। दशैं पर्वका लागि असोज १७ गतेदेखि बजार बन्द गरिएको थियो।

तर सरकारले सोमबारदेखि कार्यालय सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सरकारी सेवा पुनः सुरु भएका छन्। तर सेयर बजार भने अझै एक दिन ढिलो गरी खुल्ने भएको हो।