रास्वपा महाधिवेशनमा प्रत्येक प्रतिनिधिलाई मतदान गर्न करिब १० मिनेट लाग्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशनमा प्रत्येक प्रतिनिधिलाई मतदान गर्न करिब १० मिनेट लाग्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा ९९ केन्द्रीय सदस्य पदका लागि करिव ४ सय जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार केही उम्मेदवारीमा दोहोरो (डुप्लिकेसन) देखिएको छ, जसलाई हटाउने काम भइरहेको छ। साथै दाबी–विरोधसम्बन्धी प्रक्रिया पनि जारी रहेको छ। पार्टीका निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार प्रत्येक प्रतिनिधिलाई मतदान गर्न करिब १० मिनेट समय लाग्नेछ।

उनले मतगणना तथा परिणाम सार्वजनिक गर्न करिब दुई घण्टा लाग्ने जानकारी दिएका छन्। विद्युतीय मतदान प्रणालीमार्फत हुने निर्वाचन भएकाले उम्मेदवारको अन्तिम नामावली तयार भएपछि मात्र पूर्ण रूपमा मतदान प्रक्रिया अगाडि बढ्नेछ। तर उम्मेदवारी संख्या धेरै र प्राविधिक प्रक्रिया जटिल भएकाले महाधिवेशनको समयावधि र मतगणना दुवै लम्बिने देखिएको छ।