प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । भोलिका लागि तय गरिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ।
संसद सचिवालयले आज एक सुचना जारी गर्दै बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो। संसद् सचिवालयद्वारा प्रकाशित सूचनाअनुसार बैठक अब शुक्रबार दिउँसो १ बजे बस्नेछ।
संसद्का महासचिव पदमप्रसाद पाण्डेले बैठक स्थगनबारे जानकारी दिँदै नयाँ समयअनुसार शुक्रबार बैठक आह्वान गरिएको बताएका छन्।







