नेपालीहरुले भारतीय बैंकहरूबाट ऋण लिन सक्ने

User Image Prime TV News ११ महिना अगाडि
Image of नेपालीहरुले भारतीय बैंकहरूबाट ऋण लिन सक्ने

काठमाडौ। भारतको केन्द्रीय बैंकले नेपाल, भुटान र श्रीलंकाका नागरिक तथा बैंकहरूलाई भारतीय बैंकहरूबाट भारतीय रूपैयाँमा ऋण लिन सक्ने सुविधा दिने निर्णय गरेको छ। यस निर्णयसँगै नेपाल–भारत आर्थिक सम्बन्धमा नयाँ युगको सुरुआत भएको छ।

केन्द्रीय बैंकले भुटान, नेपाल र श्रीलंकाका नागरिक तथा तिनका बैंकहरूलाई लक्षित गर्दै सार्वजनिक गरेको नयाँ नीति अन्तर्गत अब भारतीय बैंकहरू तथा तिनका विदेशी शाखाहरूले यस्ता ऋण प्रवाह गर्न सक्नेछन्। भारतीय रूपैयाँलाई अन्तर्राष्ट्रिय कारोबारमा प्रोत्साहन दिने उद्देश्यसहित गरिएको यो निर्णयले सीमापार व्यापार, लगानी, र वित्तीय कारोबारलाई सहज बनाउने बताइएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार, हाल नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतको हिस्सा ६२.३ प्रतिशत रहेको छ र भारतसँगको कारोबारमा प्रायः भारतीय रूपैयाँ नै प्रयोग हुने गर्दछ। केन्द्रीय बैंकले यस निर्णयको कार्यान्वयनका लागि आवश्यक नियम तथा प्रक्रिया चाँडै सार्वजनिक गर्ने जनाएको छ।