प्रधानमन्त्री कार्कीले बोलाइन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

User Image Prime TV News ११ महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले बोलाइन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन्। बैठक भोली बिहान ११:३० बजे बस्ने भएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले जानकारी दिएका छन्।

उनका अनुसार बैठकले हालैका बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रका समस्या समाधानमा जोड दिनेछ। विशेष गरी राहतका कार्यलाई प्रभावकारी बनाउन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न तथा प्रभावित नागरिकका लागि अस्थायी र स्थायी वासस्थानको व्यवस्थानको बिषयमा छलफल हुने बताईएको छ । 

राष्ट्रिय परिषद्को बैठकलाई विपद् व्यवस्थापनसँग सम्बन्धित नीति तथा योजनाहरू कार्यान्वयन गर्ने निकायको रुपमा रहेको छ ।