राष्ट्रिय सभा बैठक सूचना टाँसेर स्थगित, अब शुक्रबार बस्ने

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राष्ट्रिय सभा बैठक सूचना टाँसेर स्थगित, अब शुक्रबार बस्ने

काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बिहीबार बस्दै नबसी स्थगित गरिएको छ। दिउँसो १ः१५ बजे बस्ने तय भएको बैठक विशेष कारणवश् सञ्चालन हुन नसक्ने जनाउँदै सूचना टाँसेर स्थगन गरिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सभाका अध्यक्षको निर्देशनमा बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी पुनः निर्धारण गरिएको छ। राष्ट्रिय सभाको पछिल्लो बैठक असार ५ गते बसेको थियो। त्यसपछि ६ दिनको अन्तरालपछि बिहीबारका लागि बैठक बोलाइएको भए पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।

यसअघि बिहीबारका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको थियो। संसद्का दुवै सदनका बैठक लगातार प्रभावित भएपछि यसको कारण र आगामी कार्यसूचीबारे चासो बढेको छ। बैठक स्थगनको कारणबारे सूचनामा विस्तृत विवरण भने खुलाइएको छैन। अब राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने तय गरिएको छ।