आमाको हत्याको आरोपमा छोरा पक्राउ
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । धादिङमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल हुन्। उनले आफ्नी ५५ वर्षीया आमा रमामायामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
यमबहादुरलले गत असोज १९ गते राति आमाको हत्या गरेका थिए । घटनापछि तत्काल खटिएको प्रहरी टोलीले कँडेललाई घटनामा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हाल उनको विस्तृत बयान लिनेसहित थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।







