रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसकेपछि प्रतिनिधि सभा बैठक पुनः सूचना टाँसेर स्थगित गरिएको छ।

यसअघि बिहीबारका लागि तय गरिएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर रास्वपाको महाधिवेशन अझै जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले अर्को सूचना जारी गर्दै बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि भरतपुरमा सञ्चालन भइरहेको छ। पदाधिकारी चयन प्रक्रिया लम्बिँदा पार्टीका सांसदहरू महाधिवेशनमै व्यस्त रहेकाले संसद् बैठक प्रभावित भएको हो।  उनीहरूको उपस्थितिलाई ध्यानमा राख्दै संसद् बैठकको कार्यसूची प्रभावित भएपछि बैठक पुनः स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।